माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा रुपन्देहीवाट ५ जना विद्यार्थीले चार जिपिए ल्याएका छन्।
जिल्ला शिक्षा इकाई रुपन्देहीका अनुसार रुपन्देहीमा पाँचजनाले ल्याएका हुन् । न्यू हाेराइजन मावि बुटवलका २ जना, अक्सफोर्ड माबिका २, र कालिका मानवज्ञानबाट १ जनाले जीपीए फोर ल्याएका हुन् ।
बुटवल–११ कालिकानगरस्थित न्यू होराइजन इङ्लिस बोर्डिङ स्कूलबाट २ जनाले जीपीए फोर प्राप्त गरेका हुन्। होराइजनका स्प्रीया ढकाल र बिमर्श ज्ञवालीले जीपीए फोर ल्याएको बिद्यालयका प्रधानाध्यापक लाेकनाथ उपाध्यायले जानकारी दिए ।
अक्सफोर्डका बिद्यार्थीहरु बिलक्षण भुसाल र दिपेश भुसालले जिपीए फोर ल्याएको बिद्यालयले जनाएको छ । त्यस्तैगरी बुटवलको सामुदायिक विद्यालय कालिका मानव ज्ञान माविबाट १ जना जनाले जीपीए फोर प्राप्त गरेका छन्। कालिकाका छात्र विवेक न्यौपानेले ४ जीपीए ल्याएका हुन ।
रुपन्देहीका ३३५ बिद्यालयका १७ हजार ६९३ जना बिद्यार्थी परिक्षामा सामेल भएको जिल्ला शिक्षा इकाई रुपन्देहीले जनाएको छ ।